Rule 18
सूचना आदान प्रदान गर्न सक्ने
(१) वित्तीय जानकारी इकाईले आफ्नो कार्य सम्पादनको सिलसिलामा विदेशी समकक्षी वा अन्य निकायसँग आदान प्रदान गरेको सूचनाको प्रयोग जुन प्रयोजनका लागि माग गरिएको हो सोही प्रयोजनको सीमामा रही गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम आदान प्रदान गरिएको सूचनाको गोप्यता कानूनमा व्यवस्था भए बमोजिम हुनेछ ।